अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

नेकपाको स्थायी कमिटी बैठक बस्दै

बिआरटीनेपाल २०७७ साउन ६ गते १:२२ मा प्रकाशित

लगातार स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि कुनै सहमति नभएका कारण आजको बैठक बस्ने वा नबस्ने कुनै टुङ्गो लागेको छैन । शीर्ष नेताहरू बीच हिजो कुनै सम्वादसमेत हुन सकेको छैन ।

यद्यपी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेताहरूबीच छुट्टाछुट्टै छलफल भइरहेका छन् । हिजो प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा आफूहरूले पार्टी एकता कायमै राख्नेगरी सहमति गरेर अगाडि बढ्नका लागि सुझाव दिइएको नेकपा स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

गएको असार १० मा सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपा विवाद सेलाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू