अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:३१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएको छ । स्वास्थ्य संगठनले कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति खुशी व्यक्त गर्दै बधाइ दिएको हो । यद्यपि उसले खोप निर्माणले मात्र कोरोना महामारीको अन्त्य नहुने आशाय व्यक्त गरेको छ ।

डब्ल्यूएचओका निर्देशक माइकल रायनले कोरोना बिरुद्ध लड्न अझै लामो संघर्ष गर्नुपर्ने र अझै धेरैबाटो हिड्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना बिरुद्धको खोप विश्वव्यापी उत्पादन भएमात्र यसको महामारी परास्त पार्न सकिने पनि पूष्ट पार्नुभएको छ ।

त्यस्तै संगठनका महानिर्देशक डाटेड्रोसल एडहानम गेब्रियससले खोप जो जसले बनाएपनि सफल भए संसार भरका प्रभवित सबैले पाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कतिपय मुलुक सार्वजनिक भन्दापनि आफ्नो स्वार्थका लागि दौडिएको भन्दै यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सोमबार युनिभर्सिटी अफ अक्सफोर्डले विकास गरेको कोरानाविरुद्धको खोप परीक्षणको क्रममा प्रभावकारी भएको डब्ल्युएचओले स्वीकारेको थियो । एक हजार ७७ जनामा पहिलोपटक गरिएको परीक्षणमा खोपले मानिसको सरीरम कोरोनाविरुद्ध लड्ने एन्डीबडी र टी सेल पैदा गरेको बताइएको थियो । खोपको नतिजासकारात्मक भएपनि कोरोेनालाई पूर्ण रोकथाम गर्ने या नगर्ने भन्नेबारेमा टुंगोलाग्न आम परीक्षणलाई नै कुर्नुपर्ने हुन्छ ।

खोपको निर्माण अक्सफोर्ड र अस्ट्राजेनेकाले संयुक्त रुपमा गरेका हुन् । खोप भाइरसको जिन एडिट गरेर बनाइएको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू