अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

तनहुँमा पहिरोले पुरिएर हजुरआमा र नातिनीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:३२ मा प्रकाशित

पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । स्थानिय भानु नगरपालिकाको वडानम्बर ९ सिमलगैह्रामा सोमबार स्थानीय मनोज धौलारीको घर पहिरोले बगाउँदा दुवै जना पहिरोले पुरिएका हुन् । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा बेपत्तामध्ये शिताष्माको उद्धार गरेर अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो। तिलमायाको भने घटनास्थलमै शव निकालिएको थियो ।

पहिरोले पुरिएर जिल्लामा एकसाताको अवधिमा १३ जनाको मृत्यु भइसकेको छ भने एक अझै बेपत्ता छन् । व्यास नगरपालिकामा ५, ऋषिङ गाउँपालिकामा ५ र म्याग्दे गाउँपालिकामा १ जनाको पहिरोमा परि मृत्यु भएको हो । व्यासका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू