अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

बेलायत र हङकङबीच सुपुर्दगी सन्धी स्थगितः वेलायतले क्रुर हस्तक्षेप गरेको चीनको आरोप

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:२१ मा प्रकाशित

बेलायतले हङकङसंग तत्काल लागू हुने गरी अनिश्चितकालसम्मका लागि सुपुर्दगी सन्धि स्थगित गरेको छ ।यो सुपुर्दगी सन्धी स्थगित भएसंगै बेलायत वा हङकङमा रही कसैले आपराधिक गतिबिधी गरेमा एक अर्काले सम्बन्धित देशका अपराधीलाई सुपुर्दगी गरिने छैन ।

बेलायतका बिदेश सचिव डोमिनिक रावले बेलायतले चीनसंग सकारात्मक सम्बन्ध राख्न चाहेको जानकारी दिंदै चीनले हङकङमाथि नयाँ सुरक्षा कानुन लागू गरेको बिषय गम्भीर भएको प्रतिक्रिया दिनुभयो ।यसैबीच चीनले बेलायतलाई क्रुर हस्तक्षेप गरेको आरोप लगाउँदै आफूहरु अन्तर्राष्ट्रिय कानुनको समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

गत जुनको अन्त्यमा चीनले हङकङका कुनै पनि अपराधीलाई चीनमा सुम्पनु पर्ने कानुन लागू गरेको थियो ।चीनले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई आजीवन काराबारको सजाय दिने गरेको थियो ।

बेलायती बिदेश मन्त्री रावले आगामी बर्ष बेलयतमा रहेका लाखौं हङकङका नागरिकरुलाई बेलायतको नागरिकता दिने योजना रहेको स्पष्ट पार्नुभयो । बिदेशमन्त्री रावले बेलायत चीनसंग सकारात्मक सम्बन्ध बिस्तार गर्न तयार रहेको बताउँदै दुई देश उत्पादनशील र रचनात्मक रुपमा मिलेर काम गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू