अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

मेस्सीलाई सातौँ पटक ‘गोल्डेन बुट’

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:२५ मा प्रकाशित

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा सातौँ पटक गोल्डेन बुट जितेका छन् ।गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे ।योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जमा दोस्रो स्थानमा रहे ।

ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाएका हुन् ।गोल्डेन बुट जिते पनि मेस्सीले यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन भने सकेनन् । यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । अन्तिम खेलमा भने रियाल मड्रिडलाई हिजो लेगानेजले २–२ गोलको बराबरीमा रोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू