अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

सिनोभेक बायोटेकले तयार पारेको खोपको तेस्रो परीक्षणका लागि अनुमति

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:२३ मा प्रकाशित

बंगलादेश सरकारले चीनको सिनोभेक बायोटेकले तयार पारेको खोपको तेस्रो परीक्षणका लागि अनुमति दिएको छ । बंगलादेश दक्षिण एशियाको सबैभन्दा धेरै जन घनत्व भएको देश हो र त्यहाँ कोरोना सङ्क्रमण पनि तीव्र गतिमा फैलिँदै गएको छ । बंगलादेशको द इन्टरनेशनल सेन्टर फोर डिजिज रिसर्चका अनुसार आगामी महिनादेखि कोरोना भाइरस विरुद्ध बनेको खोपको परीक्षण सुरु हुने बताएको छ ।

बंगलादेश मेडिकल रिसर्च काउन्सिलका निर्देशक महमूद जहानले खोप सम्बन्धी अध्ययन वरियताको समिक्षापछि चीनको सैद्धान्तिक रूपले अनुमति दिएको बताउनुभयो । समाचार संस्था रोयटर्सका अनुसार खोपको परीक्षण ४ हजार २ सय जनामा गरिने र यो परीक्षण राजधानी ढाकाका विभिन्न ७ कोभिड अस्पतालमा गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू