अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

भारतमा कोरोना सङ्क्रमितको संख्या ११ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:२० मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमितको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४० हजार चार सय २५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ११ लाख १९ हजार ४ सय १२ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ सय ८१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २७ हजार ५ सय १४ पुगेको छ । भारतमा एकै दिन भेटिएको यो हालसम्म कै धेरै संख्या रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय दक्षिण एसियाली मुलुक भारत कोरोना महामारीका कारण प्रभावित हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू