अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर सबैभन्दा कम भएको राष्ट्रपति ट्रम्पको दाबी

बिआरटीनेपाल २०७७ साउन ५ गते ०:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना सङ्क्रमणको दर निकै कम भएको दाबी गर्नुभएको छ । फक्स न्युजसँग दिएको एउटा अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको बताउनुभएको हो । अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना सङ्क्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।

जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४० हजारभन्दा बढी छ । तर राष्ट्रपति ट्रम्पले कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक सही नभएको दाबी गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू