अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

कोभिड–१९ का कारण विश्वभर १ करोड ४६ लाख ४५ हजार ९ सय बढी संक्रमित, ६ लाख ८ हजार ९ सय ४२ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ४ गते २३:३८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ४६ लाख ४५ हजार ९ सय ४७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ८ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८७ लाख ३६ हजार ९ सय ५१ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४३ हजार २ सय ८९, ब्राजिलमा ७९ हजार ५ सय ३३, भारतमा २७ हजार ५ सय ३, रसियामा १२ हजार ३ सय ४२, स्पेनमा २८ हजार ४ सय २०, मेक्सिकोमा ३९ हजार १ सय ८४, बेलायतमा ४५ हजार ३ सय जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १४ हजार १ सय ८८ , इटालीमा ३५ हजार ४५, फ्रान्समा ३० हजार १ सय ५२, जर्मनीमा ९ हजार १ सय ६३ , क्यानडामा ८ हजार ८ सय ५२ र बेल्जियममा ९ हजार ८ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ५ सय ९९, बंगलादेशमा २ हजार ६ सय १८ , अफगानिस्तानमा १ हजार १ सय ८१, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू