अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

राष्ट्रिय अभिलेखालयमा प्रमाण छैनन्

बिआरटीनेपाल २०७७ साउन ४ गते ७:३६ मा प्रकाशित

राष्ट्रिय अभिलेखालयका पूर्व प्रमुख भीमप्रसाद नेपालले इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयमा नभएको बताउनुभएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा भएको छलफलमा उहाँले एउटा प्रमाणको रुपमा ग्रहण गर्न सक्ने कुनै रेकर्ड अभिलेखालयमा नभएको बताउनुभयो । रेकर्ड म्यानेजमेन्ट मैत्री प्रशासन नभएका कारण यस्तो समस्या देखिएको नेपालको भनाई छ ।

राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा स्थापित भएकाले विगतमा परराष्ट्रसँग सम्बन्धित सन्धि सम्झौताका कागजपत्रहरु त्यही राख्ने गरिएको र सरकारलाई आवश्यक परेको बेला प्रयोग हुने गरेको उहाँले बताउनुभयो । अभिलेखालयमा वीर पुस्तकालयको संकलनमा रहेका पुराना हस्तकला, हस्तलिखित दन्त्यहरु र शिलालेखका प्रतिलिपिहरुलाई व्यवस्थित गर्ने प्रयोजनका लागि स्थापना गरिएको थियो । अभिलेखालय २०२४ सालमा भारत सरकारले भवन बनाएको थियो।

अभिलेखालय रेकर्ड सिजर्ना गर्ने नभएर आएका रेकर्डहरु व्यवस्थापन गरेर राख्ने कार्यालय भएको नेपालकोे भनाइ छ। अझै पनि रेकर्ड राख्नैपर्ने बाध्यकारी नियम नभएका कारण कतिपय कार्यालयहरुले रेडर्क व्यवस्थापनका लागि काम नै नगर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू