अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

बिआरटीनेपाल २०७७ साउन ४ गते ७:२५ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ५८ जना संक्रमण मुक्त भई घर फर्केका छन् । यो संगै अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ वटा मात्रै पिसिआर परिक्षण गरिएको छ भने अहिले २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबीच, मन्त्रालयले पीसीआर परीक्षणबारे भएका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम परीक्षण भएको लगायतका भ्रामक टिप्पणी हुने गरेको भन्दै प्रवक्ता डा गौतमले कस्तालाई परीक्षण गर्ने र कस्तालाई नगर्ने भन्ने स्वास्थ्यको मापदण्ड अनुसार गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

जनस्वास्थ्यका न्यूनतम मापदण्ड उल्लंघन भइरहेको बताउँदै प्रवक्ता गौतमले संक्रमणको दर घटेपनि जोखिम भने उत्तिकै रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू