अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

बिआरटीनेपाल २०७७ साउन ४ गते १:५७ मा प्रकाशित

नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । आज ३ बजेका लागि तय भएको बैठक विज्ञप्ति निकाल्दै स्थगित भएको जानकारी दिइएको छ । के कारण बैठक स्थगित भएको भन्ने बारे खुलाइएको छैन् ।

यसअघि शनिबार बसेको पार्टीको सचिवालय बैठकले पनि विवाद समाधानको गाँठो फुकाउन सकेन । सहमतिका लागि भन्दै सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको थियो ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू