अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

कोभिड–१९ बाट १ सय ६० नेपालीको विदेशमा मृत्यु

बिआरटीनेपाल २०७७ साउन ४ गते १:२५ मा प्रकाशित

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका ७ दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६ सय ८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू