अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

सुनचाँदीको भाउ बढ्यो

बिआरटीनेपाल २०७७ साउन ४ गते १:१८ मा प्रकाशित

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बिहीबार अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो ।

शुक्रबारको भाउमा आज फेरि तीनसय रुपैयाँ बढेको महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू