अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

कोभिड–१९ का कारण विश्वभर १ करोड ४२ लाख २३ हजार ४ सय ३७ बढी संक्रमित, ६ लाख १ सय ५१ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ३ गते ६:३० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ४२ लाख २३ हजार ४ सय ३७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख १ सय ५१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८४ लाख ९१ हजार ७ सय ५१ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४२ हजार ८०, ब्राजिलमा ७७ हजार ९ सय ६४, भारतमा २६ हजार ३ सय ४७, रसियामा १२ हजार २ सय ४७, स्पेनमा २८ हजार ४ सय २०, मेक्सिकोमा ३८ हजार ३ सय १०, बेलायतमा ४५ हजार २ सय ३३ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १३ हजार ९ सय ७९ , इटालीमा ३५ हजार २८, फ्रान्समा ३० हजार १ सय ५२, जर्मनीमा ९ हजार १ सय ६० , क्यानडामा ८ हजार ८ सय ३९ र बेल्जियममा ९ हजार ८ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ५ सय २२, बंगलादेशमा २ हजार ५ सय ८१ , अफगानिस्तानमा १ हजार १ सय ४७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू