अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

गण्डकी प्रदेशमा कोरोना उपचार तथा रोकथाममा ५१ करोड खर्च

बिआरटीनेपाल २०७७ साउन ३ गते ६:२७ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले कोरोनाको उपचार र रोकथामका लागि ५१ करोडभन्दा बढी खर्च गरेको छ । चैत ११ देखि असार मसान्त सम्मको ४ महिनामा ५१ करोड ३४ लाख खर्च भएको छ । सबैभन्दा धेरै कोरोना कोषबाट जिल्लास्तरका अस्पतालमा खर्च निकासा दिइएको छ ।कोषबाट मात्रै असार मसान्तसम्म १८ करोड ५४ लाख खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सम्बन्धी औषधी र उपकरण खरिदमा ५ करोड ५ लाख खर्च भएको छ भने प्रदेशभरी पीसीआर परीक्षण गर्ने भीटीएम सहित पीपीई, किट, आरडिटि र पीसीआर मेसिन खरिदमा ७ करोड ७६ लाख खर्च गरिएको छ । भत्तामा मात्रै पौने ६ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसोलेसन तयार गर्न ५० लाख खर्च भएको जनाएको छ ।

बाग्लुङको धौलागिरी अस्पतालमा आइसियू वार्ड तथा आइसोलेसन स्थापना गर्न ६० लाख, विभिन्न जिल्लामा आइसोलेसन वार्ड स्थापना गर्नका लागि मात्रै १ करोड ५० लाख रुपैयाँ दिइएको छ ।विभिन्न मितिमा तालिम र अभिमुखीकरण शीर्षकमा मात्रै ६० लाख खर्च गरेको देखिन्छ । कोषमा हालसम्म ३४ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।

यस्तै जोखिम भत्ताका लागि ५ करोड २७ लाख, राहत वितरणका लागि स्थानीय तहलाई ६ करोड ९० लाख, प्रदेश तहका सुरक्षा निकायलाई ४५ लाख, सबै जिल्ला प्रशासन कार्यालयलाई १ करोड ४५ लाख दिइएको छ । सबै जिल्ला अस्पताललाई गाडी किन्न ४ करोड ९५ लाख र आइसियू कक्ष स्थापनामा १३ करोड ७८ लाख रुपैयाँ निकासा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू