अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

अमेरिकामा मास्कको प्रयोग बाध्यकारी बनाउन गरिएको आग्रह ट्रम्पद्वारा अस्वीकार

बिआरटीनेपाल २०७७ साउन २ गते २३:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गर्नु भएको छ । फक्स न्यूजसँग अन्र्तवार्ताका क्रममा ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताउनु भएको हो ।

मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको छ । ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाए पनि सर्वसाधारण त्यसका लागि आग्रह गर्न भने अस्वीकार गरेको बताइएको छ । मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट बच्ने सम्भावना बढी हुन्छ ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो भनाई आएको हो । डा.फाउचीले मास्क वा रुमालले मुख छोप्नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नु पर्ने बताउनु भएको थियो ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार नाघेको छ भने एक लाख ४२ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू