अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

कोरोना संक्रमणपछि अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या अस्पताल भर्ना

बिआरटीनेपाल २०७७ साउन २ गते २३:०८ मा प्रकाशित

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई मुम्बईको नानावती अस्पताल लगिएको समाचार संस्था एएनआईले जनाएको छ ।

संक्रमण देखिएपछि कुनै स्वास्थ्य समस्या नखिएका उनीहरु घरमै थिए । तर सावधानीका लागि उनीहरुलाई अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ ।

ऐश्वर्याका श्रीमान अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै नानावती अस्पतालमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू