अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

अफ्रिकामा खोप कार्यक्रम रोकिँदा ७ लाख बालवालिकाको मृत्यु हुनसक्ने चेतावनी

बिआरटीनेपाल २०७७ साउन २ गते २३:०३ मा प्रकाशित

अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम जारी नराख्ने हो भने लाखौं बालबालिकाको मृत्यु हुने चेतावनी दिएका हुन् ।

ब्रिटेन र स्विट्जरल्याण्डका शोधकर्ताहरुले कम्प्यूटरको मोडलमा आधारित रहेर अफ्रिकाको सबै ५४ देशको कोभिड १९ महामारीको अनुमान लगाएका हुन् ।

जसअनुसार विभिन्न ज्वरोका लागि सामान्य खोप अभियान जारी राख्दा पनि अरु केही हजारको मृत्यु थपिने भनिएको छ । खोप अभियानमा कुनै पनि खाले अबरोध भएमा यसले ल्याउने परिणाम भयावह हुने उनीहरुले चेताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू