अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

विश्वभर एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

बिआरटीनेपाल २०७७ साउन २ गते २३:०१ मा प्रकाशित

विश्वभर शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित थपिएका हुन् ।

यसअघि विश्वभर एकै दिन जुलाई १२ मा दुई लाख ३० हजार ३७० जना संक्रमित थपिएका थिए । जुलाईमा कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या पाँच हजार भन्दामुनि रहँदै आएको छ । विश्वभर कुल संक्रमितको संख्या शुक्रबार १४ मिलियन अर्थात एक करोड ४१ लाख नाघ्यो । यस्तै ज्यान गुमाउनेको संख्या ५ लाख ९९ हजार भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू