अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

नेकपा सचिवालय बैठक – पार्टी विवाद समाधानका लागि छलफल

बिआरटीनेपाल २०७७ साउन २ गते ७:२९ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवादका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विवाद समाधानका लागि छलफल भएको नेताहरुले बताएका छन् ।

यसअघि, गएको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित भएको छ । पटक–पटक मिति तोक्दै बैठक सारेर अध्यक्षद्वय ओली र पुष्पकमल प्रचण्डबीच भएका छलफलमा पनि सहमति हुनसकेको छैन ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउनुभएको छ भने प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले दुईमध्ये एक पद छोड्नुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू