अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो, ५७ जना नयाँ संक्रमित थपिए

बिआरटीनेपाल २०७७ साउन २ गते ७:२८ मा प्रकाशित

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १ सय ३ जना संक्रमणमुक्त भइ घर फर्केका छन् । यो संगै अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ३७ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा तीन हजार ३३१ ओटामात्रै ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल देशभर २३ हजार २ सय ७५ जना ‘क्वारेन्टिन’मा रहँदा ५ हजार ८ सय २५ जनाको विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचार भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू