अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

कोभिड–१९ का कारण विश्वभर १ करोड ३९ लाख ५२ हजार १ सय बढी संक्रमित, ५ लाख ९२ हजार ७ सय ४५ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १ गते २३:३० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३९ लाख ५२ हजार १ सय २३ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ९२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८२ लाख ८४ हजार २ सय ६१ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४१ हजार १ सय १८, ब्राजिलमा ७६ हजार ८ सय २२, भारतमा २५ हजार ६ सय ९, रसियामा ११ हजार ९ सय ३७, स्पेनमा २८ हजार ४ सय १६, मेक्सिकोमा ३७ हजार ५ सय ७४, बेलायतमा ४५ हजार १ सय १९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १३ हजार ६ सय ८ , इटालीमा ३५ हजार १७, फ्रान्समा ३० हजार १ सय ३८, जर्मनीमा ९ हजार १ सय ५७ , क्यानडामा ८ हजार ८ सय २७ र बेल्जियममा ९ हजार ७ सय ९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ४ सय ७५, बंगलादेशमा २ हजार ४ सय ९६ , अफगानिस्तानमा १ हजार १ सय १३, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू