अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

प्रिमियर लिगः शिर्ष चारका लागि रोचक भिडन्त

बिआरटीनेपाल २०७७ साउन १ गते २३:०६ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष चारको लागि रोचक भिडन्त भईरहेको छ । गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएसँगै शिर्ष चारको भिडन्त झनै रोचक बनेको हो ।गएराति म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई तथा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले हराए ।

योसँगै तालिकामा तेस्रो स्थानको चेल्सीसँग चौंथो स्थानको लेष्टर सिटी र पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडले एक अंकको दुरी बनाएका छन् ।लिगमा दुई चरणका खेलहरु बाँकी रहँदा यी तीन टोलीमध्ये दुई टोलीले च्याम्पियन्स लिगमा ठाउँ बनाउने छन् भने एक टोली युरोपा लिगमा खुम्चिनेछ ।

प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी यसअघि नैं च्याम्पियन्स लिगमा छनौट भईसकेका छन् ।लिगमा तेस्रो स्थानको चेल्सीले बाँकी दुई खेलमा लिभरपुल र वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्नेछ ।

यसैगरी लेष्टर सिटीले टोटनह्याम हट्सपर र म्यान्चेस्टर युनाईटेडसँग खेल्न बाँकी छ भने म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेड र लेष्टर सिटीसँग खेल्न बाँकी छ । म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीबिचको अन्तिम चरणको खेलले शिर्ष चारको छिनाफानो गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू