अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

स्थायी कमिटि बैठक अघि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच छलफल हुने

बिआरटीनेपाल २०७७ साउन १ गते २२:५२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच स्थायी समिति बैठक सुरु गर्नु अघि केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ ।

पूर्व निर्धारित समयअनुसार स्थायी कमिटीको बैठक ११ बजे बस्ने भनिएको छ भने दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन । नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू