अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

पटक– पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

बिआरटीनेपाल २०७७ साउन १ गते २२:३१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । गत शुक्रबारका लागि तय भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो । त्यसअघि पनि असार २०, २२ र २४ गते बस्ने भनिएको बैठक सर्दै २६ गतेसम्म आईपुगेको थियो । तर दुई अध्यक्षबीचको असमझदारीका कारण २६ गतेपनि फेरि एक साताका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएका छन् । तर सहमति भने बनिसकेको छैन । हिजो पनि वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष ओली र प्रचण्डबीच बैठक भएपनि बिना निश्कर्ष टुंगिएको थियो ।

हिजो प्रधानमन्त्री ओलीले आफू पक्षधरलाई बालुवाटरमा बोलाएर छलफल र्गनुभएको थियो भने प्रचण्ड(नेपाल समूहले प्रचण्ड निवास खुमलटारमा छलफल गरेको थियो । प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको छ । तर ओलीले कुनै पनि पद नछाड्ने अडान लिंदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू