अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

प्रिमियर लिग– आर्सनलद्धारा लिभरपुल पराजित

बिआरटीनेपाल २०७७ साउन १ गते ६:५१ मा प्रकाशित

इंङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । आर्सनलको मैदानमा २–१ ले पराजित भएसँगै च्याम्पियन लिभरपुलको यो सिजन सय अंक जोडेर किर्तीमान बनाउने लक्ष्य टुटेको छ । अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पराजित गरेको छ ।

प्रिमियर लिगमै टोटनह्याम हट्सपरले न्युकसाल युनाईटेडले ३–१ ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा सन हिउङ मिनले एक गोल गरे । यो खेलसँगै केनले टोटनह्यामका लागि दुईसय गोलको किर्तीमान पार गरेका छन् । गएराती २ गोल गरेका केनले टोलीका लागि अलिहेसम्म २ सय १ गोल गरिसकेका छन् ।

प्रिमियर लिगमा गएरातिका खेलहरुपछि च्याम्पियन लिभरपुलले ३६ खेलबाट ९३ अंक जोडेको छ । समान खेलबाट ७५ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ६३ अंक छ । एक खेल कम खेलेका लेष्टर सिटी र म्यान्चेस्टर युनाइटेडको भने ५९ अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू