नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो संगै मुलुकमा कोरोनाबाट निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । डिस्र्चाज हुनेहरु ६८.८५ प्रतिशत रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको मात्र पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल २३ हजार ५ सय जना क्वारेन्टिनमा रहँदा ६ हजार ५६ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । ५ सय बढी कोरोना संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा गरी ५ जिल्ला रहेका छन् ।
यसैबीच, मन्त्रालयका प्रवक्ता गौतमले हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको कम्तीमा एकपटक पिसिआर परिक्षण गराउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।