अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

आजदेखि एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

बिआरटीनेपाल २०७७ साउन १ गते २:१० मा प्रकाशित

बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो। साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्ने एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो ।

कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए।सीमित ब ैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ। कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक छ।

बैंकहरु आबद्ध नेटवर्कअनुसार शुल्क फरक फरक हुने गरेको छ। सामान्यतः बैंकहरुले २० देखि २५ रुपैयाँसम्म यस्तो शुल्क लिने गरेका छन्। बैंकहरु भिसा, एससिटी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन)मा आवद्ध छन्। केही बैंक दुई वा दुईभन्दा बढी नेटवर्कमा पनि छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू