अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

चीनको अर्थतन्त्र सुधारको गतिमा फर्कियो

बिआरटीनेपाल २०७७ साउन १ गते २:०७ मा प्रकाशित

चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० को पहिलो त्रैमासिकमा नकारात्मक अंकमा गएको चीनको अर्थतन्त्रमा दोस्रो त्रैमासिकमा केही सुधार देखिएको हो ।दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्रमा ३.२ प्रतिशतले बृद्धि भएको हो । बुधबार सार्वजनिक गरिएको दोस्रो त्रैमासिकको तथ्यांकमा चीनको अर्थतन्त्र सुधार तर्फ फर्किएको देखिएको हो ।

अप्रिलदेखि जुनसम्म चीनको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सकारात्मक दिशामा गएको हो। विज्ञले पूर्वानुमान गरेभन्दा चीनको अर्थतन्त्रमा बढी अंकमा सुधार देखिएको हो । यो आर्थिक वर्षको पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रमा माइनस ६.८ प्रतिशतको नोक्सानी देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू