अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६
| Colorodo: 07:11
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज गएकोे पहिरोबाट एकै परिवारका २ जनाको मृत्यु भएको छ । अन्य ३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएका चौरासी वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । पहिरोले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ ।