अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

कमलाको तरङ्गमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर

बिआरटीनेपाल २०७७ असार ३१ गते १५:२२ मा प्रकाशित

काठमाडौँ । गीतकार कमला न्यौपानेको गीति एल्बम तरङ्ग सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेसाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कविता, मुक्तक र गजल लेख्न मन पराउँछिन् ।

उनको एल्बम तरङ्गमा चर्चित गीतकार तथा सङ्गीतकार येदीन गजमेरज्यूले एकल सङ्गीत रहेको छ । जसमा राम कृष्ण ढकाल, स्वरूप राज आचार्य, मेलीना राई, अनुप रेग्मी, बानीका प्रधान लगायतका गायक गायिकाको स्वर रहेको छ । एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले तरङ्ग एल्बम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अवरोह, हाँसो, रोदन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको सङ्गम भएको बताइन् ।

प्रतिक्रिया