अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

कोरोनाको सन्त्रासमा भुपेन्द्र महतको गजल

बिआरटीनेपाल २०७७ असार ३१ गते ११:१८ मा प्रकाशित

कोरोनाको सन्त्रास र प्रकृति प्रकोपको चपेटामा परेको मानव समुदायको भावना समेटिएको एउटा मार्मिक गजलको नेपाली साङ्गीतिक आकाशमा उदय भएको छ । दार्जिलिङमा लामो समय सङ्गीत साधनामा रहेका जीवन प्रकाश प्रधानको सङ्गीत र सङ्गीत समायोजन भएको यस गजललाई the भोईस सिजन २ मा सहभागी भई निकै नै चर्चा बटुलेकी रजनी रिदम राई र स्वयम जीवन प्रधानले गाएका छन् ।

कोभिड १९ को प्रतिकूल अवस्थामा पनि अनलाइनद्वारा सबै तारतम्य मिलाएर गाइएको यो समय सान्दर्भिक गजल रिदम रेकर्डिङ स्टुडियो दार्जिलिङमा रेकर्ड भएको हो । भुपेन्द्र महतको शब्द रहेको उक्त गजल अहिलेको हेर्ने चलन भएको गीत सङ्गीत भन्दा सुन्न र मनन गर्न पर्ने खालको गजल भित्र पर्दछ ।

प्रतिक्रिया