अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

बलात्कारको आरोपमा शसस्त्रका एसएसपी पक्राउ

बिआरटीनेपाल २०७७ असार ३१ गते ७:४२ मा प्रकाशित

बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल– एपीएफका वरिष्ठ उपरिक्षक(एसएसपी) राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ । अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक– एसपी जिवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरिएको बताउनुभएको छ ।

एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको श्रेष्ठले जानकारी दिनुभयो । घटना बुधबार बिहानको भएको बताइएको छ। अधिकारीको मंगलबार मात्र शसस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा सरुवा भएको थियो। उहाँ एक वर्षयता लामापाटनमा कार्यरत हुनुहुन्थ्यो ।

पिडित भनिएकी महिला चितवन घर भई पोखरा बस्ने गरेको बताइएको छ। अधिकारी स्याङ्जाका हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू