अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने

बिआरटीनेपाल २०७७ असार ३१ गते ७:३८ मा प्रकाशित

नेपाल सरकारले आर्थिक बर्ष २०७७ /७८ को लागि एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने भएको छ । नेपाल सरकारद्धारा आज प्रकाशित राजपत्रमा एफ. एम रेडियो तथा टेलिभिजनहरुको इजाजत पत्र नबिकरणमा शत प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

रोयल्टी भने एक प्रतिशत मात्रै लाग्ने पनि उल्लेख गरिएको छ । त्यस्तै लामो समयदेखि नबिकरण नगरेका रेडियोहरुलाइ थप दस्तुर तिरेर पुष मसान्त भित्र नबिकरण गर्न आग्रह गरिएको छ । यस अघि सामुदायिक रेडियो रेडियो प्रसारक सङ्घ अकोराबले कोभिड १९को बिषम परिस्थितिमा नबिकरण शूल्कमा छुट दिन सरकारसंग पटक, पटक आग्रह गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू