अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

नेपालमा उत्पादन हुने औषधिको आयात रोक्न माग गरी औषधि व्यवसायी आन्दोलनमा

बिआरटीनेपाल २०७७ असार ३१ गते ७:३६ मा प्रकाशित

विभिन्न माग राख्दै औषधि व्यवसायीले थालेको आन्दोलनलाई जारी राखेका छन्। विदेशबाट नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । आफूहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको व्यवसायीको गुनासो छ ।

औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधि आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् । नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि राखेको आरोप लगाउनुभएको छ ।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको उहाँले बताउनुभयो । सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू