अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

गण्डकी प्रदेशमा बाढीपहिरोबाट विस्थापितको पुर्नस्थापना गर्न २ महिना लाग्ने– मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ असार ३१ गते ७:३५ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरी बाढीपहिरोबाट विस्थापित भएकाहरुको पुर्नस्थापना गर्न कम्तीमा २ महिना समय लाग्ने बताउनुभएको छ । बाढीपहिरोबाट भएको क्षति निरीक्षण गर्न बुधबार लमजुङ सदरमुकाम बेसीसहर पुग्नुभएका मुख्यमन्त्री गुरुङले उद्धारको चरण भने सकिएको बताउनुभयो ।

बाढीपहिरोबाट विस्थापितहरुलाई हाल सामुदायिक भवन र विद्यालयमा राखिएको उल्लेख गर्दै उहाँले २ महिनासम्म उनीहरुलाई राहत उपलब्ध गराएर बस्ने व्यवस्था मिलाइने बताउनुभयो । गण्डकी प्रदेशमा सबैभन्दा बढी क्षति भएको म्याग्दीका बाढीपहिरो पीडितलाई शुद्ध खानेपानी र राहत उपलब्ध गराउन समस्या भइरहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

यसैबीच, गत बिहीबार बेसीसहरमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेटेर मुख्यमन्त्री गुरुङले प्रति परिवार ५० हजारका दरले राहत उपलब्ध गराउनुभएको छ । सो अवसरमा उहाँले कोभिड–१९ संक्रमण रोकथाम र बाढीपहिरो पीडितलाई राहत तथा पुनस्थापना तदरुकताका साथ गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू