अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

चार्टर्ड उडानमा कमिसनको खेल, नियमित हवाई उडान सञ्चालन गर्न कांग्रेसको माग

बिआरटीनेपाल २०७७ असार ३१ गते ७:३२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चार्टर्ड उडानमा व्यापक कमिसन खेल भएको भन्दै तत्काल चार्टर्ड उडान स्थगित गरी सामाजिक दूरी कायम गरेर हवाई उडान सञ्चालन गर्न सरकारसंग माग गरेको छ। आज पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले पत्रकार सम्मेलन गरेर चार्टर्ड फलाइटमा भाडा दर पनि मनलाग्दी भएको भन्दै त्यो काम बन्द गरेर तत्काल सहुलियतपूर्ण वातावरणमा हवाई उडान सुरु गर्न माग गरेको हो ।

समितिले नेपाली सञ्चार माध्यमका सञ्चालकहरुले पत्रकारहरुलाई रोजगारी दिन नसकिने भन्दै कामबाट निकालेकोप्रति खेद प्रकट गर्दै उक्त कार्य तत्काल बन्द गर्न पनि आग्रह गरेको छ ।समितिले उद्योग व्यवसायलाई संचालन गर्न पनि सरकारले राहत प्याकेज नल्याएको भन्दै उद्योग ब्यबसाय संचालन गर्न व्यवसायीलाई तत्काल राहत दिनु पर्नेमा जोड दिएको छ।

कोरोना संक्रमणको केन्द्र क्वारेन्टाइन भएको र सरकारले क्वारेन्टाइनमा पैसा खर्च गर्न कन्जुस्याँई र भेदभाव गरेको अनुगमनका क्रममा आफुहरुले पाएको भन्दै क्वारेन्टाइनलाई ब्यबस्थित बनाउन तिर लाग्न सरकारलाई समितिले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू