अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार ८ सय कायम

बिआरटीनेपाल २०७७ असार ३१ गते ०:५० मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महङ्गो भएको महासङ्घ ले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो । नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज रेकर्ड बनाएको छ ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार ५ रुपैयाँ पुगेको छ । भाउ महङ्गो हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू