अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

अत्यावश्यक काम बाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७७ असार ३० गते ७:०२ मा प्रकाशित

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनजीवनलाई कठिनाइका बाबजुद सावधानी अपनाएर अत्यावश्यक काम बाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ।मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्नै पर्ने अवस्था सिर्जना भएमा हरेक यात्रुले एक अर्काबीचमा तोकिएको भौतिक दुरी कायम गर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्न तथा हातको सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै मन्त्रालयले आफूलाई कोभिड संक्रमण भएको वा संक्रमणको शंका लागेको तथा त्यससँग मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगर्न समेत आग्रह गरेको छ। सर्वसाधारणको जनजीवनमा सहजता होस् भनेर प्रतिकूल अवस्थाका बाबजुद नेपाल सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको गौतमको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू