अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

अनुमतिबिनै कोरोना परीक्षण गर्ने ग्रान्डी, ह्याम्स र नेपाल मेडिकल छानबिनको दायरामा

बिआरटीनेपाल २०७७ असार ३० गते ७:०१ मा प्रकाशित

उपत्यकाका निजी अस्पतालले स्वीकृति बिना नै कोरोना भाइरसको परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ। ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीस्थित नेपाल मेडिकल कलेजले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागिएको हो।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

आइतबार मात्रै दुइटा निजी स्टार अस्पताल र काठमाडौँ मेडिकल कलेजले आफैँ स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए। अनुमति पाएका अस्पतालका लागि सरकारले ५ हजार ५ सय शुल्क तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू