अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

मासिक २५ हजार रुपैयाँ राहत पाउनुपर्ने भन्दै नाई सङ्घ आन्दोलनमा

बिआरटीनेपाल २०७७ असार ३० गते ६:५९ मा प्रकाशित

लकडाउन अवधिभर प्रत्येक नाईं श्रमिकलाई प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउनको कारण व्यापार व्यवसाय बन्द गर्नु परेकोले यस अवधिभर प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् ।

नेपाल नाईं ट्रेड युनियनले मङ्गलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशुल्क देशभरिका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

पटक–पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उहाँले गुनासो गर्नुभयो । १० अर्बभन्दा बढी रकम सरकारले खर्च गरेको बताए पनि आफूहरुले १० रुपैयाँको राहतसमेत नपाएको उहाँले बताउनुभयो । आफ्ना माग पूरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू