अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

नेकपाका दुई अध्यक्षबीचको छलफल, संवाद जारी राख्ने सहमति

बिआरटीनेपाल २०७७ असार ३० गते ६:५४ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार छलफल भएको छ । उहाँहरुबीच ६ दिनपछि छलफल भएको हो । बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको विवाद कम गर्ने, बाढी पहिरो पीडितको व्यवस्थापन, कोरोना भाइरस नियन्त्रणको लागि भएका कामलगायतको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

दुई अध्यक्षले संवाद जारी राख्ने जनाएको पनि उहाँले बताउनुभयो । पार्टीभित्रको विवादका कारण असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक असार १८ गतेयता बस्न सकेको छैन । दुई अध्यक्षले सहमतिको बिन्दु पहिल्याउने र स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी छ ।

प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल समूहसहित सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् भने ओली पक्ष त्यसको लागि तयार भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू