अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फीरुपमा संचालन, सडक भासिने र पहिरो खस्ने क्रम जारी

बिआरटीनेपाल २०७७ असार ३० गते १:०५ मा प्रकाशित

लगातारको वर्षापछिको पहिरोले सडक बगाउँदा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ ।भरतपुर–२९ सत्रकिलोमा पहिरो जाँदा सडक बगाएपछि सवारी साधनहरु एक तर्फीरुपले सन्चालन आईरहेका छन् ।

सोमबार बिहान भासिएको सडक दिउँसोबाट दुईतर्फी सन्चालनमा आएपनि गएरातिबाट फेरी सोही ठाउँमा ग्राभेल गरेको सडक पानीले बगाएपछि समस्या भएको हो । अविरल वर्षाको साँढे एक फिट पिच सडक भासिएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म पुर्णरुपमा बन्न सकेको छैन ।

यो सडकखण्डमा बर्षेनी पहिरो जाने र सडक भासिने गरेकाले सवारी साधन सञ्चालमा कठिनाई हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू