अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

संखुवासभामा पहिरोमा हराईरहेका ११ जनाको खोजी कार्य जारी, उद्दारका लागि हेलिकप्टर जान सकेन

बिआरटीनेपाल २०७७ असार ३० गते ०:४३ मा प्रकाशित

संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ । उद्धार र राहतकोलागि खराब मौसमका कारण आज पनि हेलिकोप्टर जान नसकेको इमेज संवादाता इन्द्र गिरीले जानकारी दिनुभएको छ ।

हेलिकोप्टर जान नसक्दा पहिरोपीडितहरुले राहत पाउन नसक्दा बिचल्नीमा परेका छन् । पहिरो जान नरोकीएको कारण ७३ घरका ३ सय २८ जनालाई सुरक्षित स्थानमा सारीएको छ । लगातारको बर्षाको कारण संखुवासभाकै खाँदवारी नगरपालिका वार्ड नम्बर –११ का विभिन्न बस्ती पहिरोको उच्च जोखिममा परेका छन् ।

माथिबाट खसेको पहिरोको कारण पिप्ले गाउँ जोखिममा परेको छ । त्यसैगरी तलबाट पहिरोले तान्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला कारगारसमेत जोखिममा परेको छ । पानीले सडक बगाउँदा समस्या भएको छ । बजारको ढल निकास र पानी गाउँमा कटान गरीएको कारण गाउँ पहिरोको जोखिममा परेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

पहिरोले आदर्श माध्यमिक बिद्यालयलाईसमेत क्षति पुग्ने देखिएको छ । त्यसैगरी गाउँमा खानेपानीको मुहान माथिबाट बाढी पसेका कारण पिप्लेगाउँमा पानीको समेत समस्या पर्दै गएको छ । गाउँमाथि रहेको ढोलबाजे जंगलबाट बिस्तारै पहिरो जान थालेपछि पिप्लो गाउँमा उच्च जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू