अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ – डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७७ असार ३० गते ०:३६ मा प्रकाशित

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचनरकर्मले सीमा नाघेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएपछि नेता भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।

भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको थियो । उहाँले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्जभन्दा पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताउनु भएको थियो ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघेको बताउनुहुँदै अब उहाँलाई छाडा छोड्नु खतरनाक हुने टिप्पणी गर्नुभएको छ । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताउनुभएको छ ।

समाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराई लेख्नुहुन्छ– ‘अति गरे खति हुन्छ भन्छन् ! प्रधानमन्त्री ओलीका वचनरकर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार(पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न ।संसद स्थगन गरेर अध्यादेश र संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू