अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

कोभिड–१९ का कारण विश्वभर १ करोड ३२ लाख ४० हजार ९ सय बढी संक्रमित, ५ लाख ७५ हजार ६ सय २७ को मृत्यु

बिआरटीनेपाल २०७७ असार ३० गते ०:१७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३२ लाख ४० हजार ९ सय ९४ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ७५ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७७ लाख ७ हजार ३ सय ९६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३८ हजार २ सय ४७, ब्राजिलमा ७२ हजार ९ सय २१, भारतमा २३ हजार ७ सय २७, रसियामा ११ हजार ४ सय ३९, स्पेनमा २८ हजार ४ सय ६, मेक्सिकोमा ३५ हजार ४ सय ९१, बेलायतमा ४४ हजार ८ सय ३० जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १३ हजार ३२ , इटालीमा ३४ हजार ९ सय ६७, फ्रान्समा ३० हजार २९, जर्मनीमा ९ हजार १ सय ३९ , क्यानडामा ८ हजार ७ सय ९० र बेल्जियममा ९ हजार ७ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ३ सय २०, बंगलादेशमा २ हजार ३ सय ९१ , अफगानिस्तानमा १ हजार ३८, श्रीलंकामा ११ र माल्दिभ्स्मा १३ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८४ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू