अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

म्यान्चेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा

बिआरटीनेपाल २०७७ असार २९ गते ७:०५ मा प्रकाशित

म्यानचेष्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा लगाइएको दुई वर्षको प्रतिबन्ध फुकुवा भएको छ।द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सिटीलाई ‘इक्वटी फन्डलाई स्पोन्सरसीपका रुपमा लुकाएको’आरोपबाट सफाइ दिएको बीबीसीले जनाएको छ।

युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले सन् २०१२ र २०१६ को बीचमा सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) को गम्भीर उल्लंघन गरेको भन्दै गत फेब्रुअरीको २ वर्ष प्रतिबन्धको कारवाही गरेको थियो।कोर्टले सिटीको जरिवाना पनि १ करोड युरोमा झारिएको छ । यसअघि सिटीमाथि ३ करोड युरो जरिवाना तोकिएको थियो ।

यता, युरोपियन क्लब प्रतियोगितामा फुकुवा गरेकोमा सिटीले सीएसएसको निर्णयलाई स्वागत गर्दै धन्यवाद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू