अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

एकपटक कोरोना भएकालाई फेरि पनि हुन सक्ने वैज्ञानिकको चेतावनी

बिआरटीनेपाल २०७७ असार २९ गते ७:०२ मा प्रकाशित

वैज्ञानिकले कोरोना सङ्क्रमणपछि निको भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता हराएर जान सक्ने भन्दै चेतावनी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणपछि निको हुने व्यक्तिमा केहि महिनापछि रोग प्रतिरोधात्मक क्षमता हराउने र उनीहरुमा दोहोर्याएर कोरोना सङ्क्रमण हुन सक्ने वैज्ञानिकले बताएका हुन् । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना सङ्क्रमणपछि निको भएका ९० जनामा रोग प्रतिरोधात्मक क्षमता हराएर गएको उल्लेख गरिएको छ ।

यसअघि स्पेन र इटलीमा पनि यो अध्ययन गरिएको थियो । द गार्जियनमा प्रकाशित अध्ययन अनुसार कोरोना सङ्क्रमणपछि निको भएका ९० जनामा तीन हप्तापछि शरीरमा भएको एन्टीबडि कम हुन थालेको र दोहोर्याएर कोरोना सङ्क्रमण देखिएको हो । अध्ययनका प्रमुख लेखक एवं किंग्स कलेज लण्डनका डाक्टर केटी डूर्सले कोरोनालाई जितेका व्यक्तिहरु लामो समयसम्म अस्वस्थ रहने र उनीहरु पटक पटक कोरोनाका कारण सङ्क्रमित भइरहने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू