अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख ३ सयभन्दा धेरैमा सङ्क्रमण

बिआरटीनेपाल २०७७ असार २९ गते ०:४८ मा प्रकाशित

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ ।कोरोना भाइरसको महामारी विश्वभर तीव्र गतिमा फैलंदै जाँदा दैनिक सङ्क्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एकै दिन नयाँ सङ्क्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको संगठनले जनाएको छ ।

हिजो अमेरिकामा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

हिजो विश्वभर कोभिड–१९ बाट पाँच हजार २ सय ८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू